हिमालयन जाभामा ‘हाम्रो पे’बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासब्याक पाइने 

नेपालभ्युज

हिमालयन जाभामा ‘हाम्रो पे’बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासब्याक पाइने 

काठमाडौं । हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश ओटा शाखामा हाम्रो पेमार्फत भुक्तानी गर्दा २०० रुपैयाँसम्मको क्यासब्याक दिने भएको हो ।

हाम्रो पेका अनुसार यस्तो क्यासब्याक अफर १० प्रतिशत रहेको छ, जुन बढीमा २०० रुपैयाँसम्म हुनेछ । केही सातासम्म लागु हुने गरी ल्याइएको यो अफर प्राप्त गर्न हाम्रो पे वालेटमा केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ ।

हिमालयन जाभाका ठमेल, मण्डला, सिभिल मल,  मार्कोपोलो, सुनाकोठी, बीएण्डबी, कुलेश्वर र नक्सालका आउटलेटमा यो अफरको फाइदा लिन सकिने बताइएको छ ।

भाटभटेनीमा समेत यतिखेर हाम्रो पेको स्पिन एन्ड विन (Spin and Win) अफर समेत चलिरहेको छ, जस अन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानीमा १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

हाम्रो पे डिजिटल वालेटका लागि छुट्टै एप डाउनलोड गरिरहनु  पर्दैन । हाम्रो पात्रो एपभित्रै उक्त डिजिटल वालेटको सुविधा प्राप्त गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved