डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिए राजीनामा

नेपालभ्युज

डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिए राजीनामा

काठमाडौं । रक्षामन्त्रीबाट डा मीनेन्द्र रिजालले राजीनामा दिएका छन्। नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार रिजालले मतगणना विवरण आइरहँदा निकै तल पर्दै गएका छन्। यस्तोमा उनले मतपरिणामबाट स्पष्ट रूपमा सन्देश प्राप्त भइसकेको भन्दै राजीनामा घोषणा गरेको फेसबुकमा लेखेका छन्।

आफूले महामन्त्री पदको अन्तिम मतपरिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गर्ने लेखेका छन्। रिजाल शेखर कोइरालाले समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिएका हुन्।

महामन्त्री पदको मतगणना जारी रहँदा उनको मत निकै कम आइरहेको छ।


Comment

One thought on “डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिए राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved