गाजाको उत्तरी क्षेत्रमा दर्जनौँको मृत्यु

नेपालभ्युज

गाजाको उत्तरी क्षेत्रमा दर्जनौँको मृत्यु
फाइल फोटो

काठमाडौं। गाजाको उत्तरी क्षेत्रमा दर्जनौं मारिएका छन्। पछिल्लो २४ घण्टामा गाजाको केन्द्रीय क्षेत्रमा रहेको अल अक्सा अस्पतालमा ५७ जनाको मृत्यु दर्ता भएको बीबीसीले जनाएको छ।

इजरायलले गाजाको केन्द्रीय र दक्षिणी क्षेत्रसहित मघाजी र अल–बुरेजी शिविरमा हवाई आक्रमणमा गरेको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ। गाजाको उत्तरी क्षेत्रमा रहेको जबलिया र बीट हानौनमा दर्जनौँ मानिस मारिएको वाफाले उल्लेख गरेको छ।

आतंकवादी र अन्य पूर्वाधारलाई निशाना बनाउँदा सर्वसाधरणको मृत्युलाई न्यूनीकरण गर्न खोजेको इजरायलले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved