मुलुकभरको मौसम आज यस्तो छ

नेपालभ्युज

मुलुकभरको मौसम आज यस्तो छ

काठमाडौं । मुलुकका मध्य तथा पश्चिमी भेगहरुमा आज आंशिक बदली हुने छ । गण्डकी लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका अधिकांश भेगमा आंशिकदेखि समान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । आज पनि तराईका अधिकांश भू–भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।

आज राती कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपात हुने छ ।

बिहानीपख लागेको हुस्सु कुहिरो मध्यान्ह सम्ममा क्रमिक सुधार हुँदै जाने छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved