काठमाडौं । दक्षिण अफ्रिकामा हुने आईसीसी यू–१९ विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुको बिदाइ गरेको हो ।
नेपालले आठ वर्षपछि यू–१९ विश्वकप खेल्दैछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले बिदाइ गरे ।
कार्यक्रममा टोलीका कप्तान देव खनालले विश्वकप खेल्ने सपना पूरा भएको बताउँदै आशाजनक प्रदर्शन गर्ने बताए । ‘राम्रो तयारी गरेका छौं, मानसिक रुपमा खेल्न तयार छौं ।’ उनले भने ।
मुख्य प्रशिक्षकले विश्वकपमा राम्रो नतिजा ल्याउने बताए । नेपालले विश्वकपअघि नै चार खेल खेल्नेछ । त्यसले विश्वकपमा सहयोग पुग्ने उनले विश्वास दिलाए ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले टिमलाई उच्च प्रदर्शन गर्न शुभकामना दिए । नेपाली टिम आज शुक्रबार नै दक्षिण अफ्रिका प्रस्थान गर्दै छ ।
यू–१९ विश्वकपमा नेपाल समूह डि मा रहेको छ । यो कठिन समूह हो । समूह डी मा नेपालसहित पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् ।
Facebook Comment
Comment