सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपालभ्युज

सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
फाइल तस्वीर

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने सरकारकाे निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

सिलवाललाई १ कात्तिकको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि उनले त्यसबिरुद्ध कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved