काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईपेले सातै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम गरेको छ ।
कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स कारोबार र यसको प्रयोग विषयमा केन्द्रित रहेर रेमिटेन्समार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने भन्नेबारे प्रशिक्षण दिइएको थियो ।
यस्तै, रेमिटेन्स गरी रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले के कुरामा ध्यान पुर्याउने तथा रेमिटेन्सको डिजिटल प्रयोगबारे पनि प्रशिक्षण दिइएको थियो ।
कम्पनीले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरू तथा स्वदेशमै रकमको सुरक्षाको उद्देश्य राखेकालाई लक्षित गर्दै सो कार्यक्रम आयोजना गरेको जनाएको छ ।
गत मङ्सिरबाट सातै प्रदेशमा संचालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यावसायिक साझेदार मित्रहरूको उत्साहपूर्वक उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
Facebook Comment
Comment