काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यवस्था परिवर्तनका लागि जनआन्दोलनको तयारी गर्नुपर्ने बताएका छन् । अहिलेको संघीय धर्मनिरपेक्ष गणतन्त्रिक व्यवस्था असफल भएको भन्दै उनले परिवर्तनका लागि जनआन्दोलनको तयारी गर्नुपर्ने समय आएको बताएका हुन् ।
आज महोत्तरीको बर्दिबासमा पार्टीद्वारा आयोजित मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले जनताले अहिलेको भ्रष्टतन्त्र र व्यवस्था परिवर्तन गर्न चाहेको उल्लेख गरे । उनले अहिलेको लथालिङ्ग भताभुङ्ग अवस्थाबाट मुक्ति चाहने हो भने आन्दोलनको विकल्प नभएको बताए ।
सनातन धर्मसंस्कृति पहिचान संकटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर भएको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै थापाले हिन्दु धर्ममाथिको अपमान र थिचोमिचो सहन गर्न नसकिने भनाइ राखे ।
प्रशिक्षणमा तराई मधेस क्षेत्रका ९ जिल्लाका १७५ जना केन्द्र ,जिल्ला,नगरका प्रतिनिधिहरुको सहभागिता रहेको पार्टीले जनाएको छ ।
Facebook Comment
Comment