काठमाडौं। चन्दा नपाएको झोंकमा प्रचण्डले शेयरबजारको विरोध गरेको हुनसक्ने अड्कल एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्।
‘‘पुँजिवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेर लेलिनले भनेका थिए। त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भएपछि शेयर पुँजीमा जान्छ, शेयर बजार हुन्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोक्दिए,” एमालेका मनोनित केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा ओलीले भने,‘‘ कुन शेयर कारोबारीले चन्दा दिएन होला । त्यसो भए ल जा भनेर बोल्दिंए। ठोक्दिए। चन्दा नदिनेलाई ध्वस्त बनाइदिन्छु भनेर ठोक्दिए। दुई दिनमै शेयर बजार धरासायी भयो। त्यसको जनतामा कति असर हुन्छ ? लगानीकर्ताहरुको अवस्था कस्तो हुन्छ ? उनीहरुको आर्थिक स्थिती के हुन्छ ? केही मतलब छैन। अर्थतन्त्रको केही पनि मतलब छैन।’’
उनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्थिरताका संवाहक रहेकाे आरोप पनि लगाए।
Facebook Comment
Comment