प्रधानमन्त्री कप महिला क्रिकेट :

एपीएफ फाइनल पुग्यो, पराजित कोशीले दोस्रो क्वालिफायर खेल्ने

नेपालभ्युज

एपीएफ फाइनल पुग्यो, पराजित कोशीले दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं। एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतबार भएको पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई ५२ रनले पराजित गर्दैँ फाइनलमा स्थान पक्का गरेको हो।

१४० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कोशीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा मात्र ८७ रन बनायो। कोशीका लागि अप्सरी बेगमले ३१ र कप्तान रुबिना क्षेत्रीले २२ रन बनाए। एपीएफका लागि भने रेखा रावल, सोनु खड्का, सुमन विष्ट, सीता राना मगरले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा मात्र १३९ रन बनायो। एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन्। उनले ५० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित ५६ रन बनाइन्। कप्तान सीता राना मगरले भने ४५ रन जोडिन्। कोशीका लागि रुबिना क्षेत्रीले १ विकेट लिइन्।

यससँगै कोशीले दोस्रो क्वालिफायर खेल्ने भएको छ। जसमा कोशीले इलिमिनेटरका विजेतासँग प्रतिस्पर्धा गर्नेछ। आजै हुने इलिमिनेटरमा सुदूरपश्चिम र बागमती आमनेसामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved