निर्वाचन आयोगमा ‘तमलोपा’ पार्टी दर्ता

नेपालभ्युज

निर्वाचन आयोगमा ‘तमलोपा’ पार्टी दर्ता

जनकपुरधाम। निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ। मंगलबार रविशंकर कुमार कर्णको अध्यक्षतामा तराई मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको हो।

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर र सनाखतपछि तराई मधेश लोकतान्त्रिक पार्टीलाई छुट्टै दलको रूपमा मान्यता दिँदै दर्ता गरेको छ। सो दलको दर्ता नम्बर १७५ रहेको अध्यक्ष कर्णले जानकारी दिए। दलको केन्द्रीय कार्यालय भने जनकपुरधाम नै राखेका छन्।

तराई मधेश लोकतान्त्रिक पार्टी नामक राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता गरिएको र आयोगबाट ९ मंसीरमा निर्णय भएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जनाए।

कर्णले गत साउन १२ मा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। सो पार्टीको २१ सदस्यीय केन्द्रीय समिति रहेको छ।

सो पार्टीको चुनाव चिह्न ‘कलश’ तथा पार्टीको झण्डामा माथिको आधा भाग केशरी र आधा हरियो रंग रहेको छ।

यसअघि महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी रहेको थियो। पछि राष्ट्रिय जनता पार्टी गठन भएसँगै तमलोपा विलय भएको थियो। तर राजपासमेत संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनेको थियो।

यद्यपि हाल ठाकुर जसपाबाट फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved