शरणार्थी शिविरमाथि इजरायली निशाना, दर्जनौं शिविर ध्वस्त

दैनिक दुई सयको हाराहारीमा मृत्यु, सयौं घाइते

नेपालभ्युज

शरणार्थी शिविरमाथि इजरायली निशाना, दर्जनौं शिविर ध्वस्त
फाइल फोटो

काठमाडौं । इजरायलले मध्य गाजामा रहेका प्यालेस्टिनी शरणार्थी शिविरमाथि निर्मम आक्रमण बढाएको छ । भूमिगत आक्रमण गर्दै अघि बढेको इजरायली सेनाले शरणार्थीले आश्रय लिएका शिविरमा समेत विष्फोट गराएको छ ।

इजरायलले हमासलाई समाप्त नपारेसम्म आक्रमण नरोक्ने बताइरहदा शरणार्थीहरु पनि उसको निशानामा परेका छन् । इजरायलले पछिल्लो समय बुरेइज, नुसेरात र माघाजी शिविरहरूमा हमला गर्दा सयौं प्यालेस्टाइनी नागरिक मारिएका छन् ।

अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले इजरायलको आक्रमणलाई नरसंहारका रुपमा ब्याख्या गरेका छन् । गाजामा भएको मानवीय क्षतिलाई लिएर संयुक्त राष्ट्र संघले गहिरो चिन्ता व्यक्त गरेको छ ।

प्यालेस्टाइनी राष्ट्रपतिले गाजामा भइरहेको घटनालाई “विनाशको युद्धभन्दा पनि क्रुर र निन्दनीय हमला भएको प्रतिक्रिया दिएका छन् ।

इजरायलको आक्रमणका कारण दैनिक दुई सयको हाराहारीमा मानिसहरुको मृत्यु भइरहेको छ । सयौं घाईते भएका छन् । उपचार नपाएर घाइतेहरु छटपटिएका छन् ।

गत अक्टोबरमा हमास बन्दुकधारीहरूले सिमा पार गरि दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायल हमासप्रति क्रुर बन्दै गएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved