एनएसएल : फाइनल प्रवेशका लागि पोखरा र ललितपुर भिड्दै

नेपालभ्युज

एनएसएल : फाइनल प्रवेशका लागि पोखरा र ललितपुर भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको दोस्रो क्वालिफायर खेलमा आज पोखरा थन्डर्स एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने छ ।

पोखरा पहिलो क्वालिफायर खेलमा धनगढी एफसीसँग टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो । ललितपुरले भने एलिमिनेटर खेलमा साविक विजेता काठमाडौँ रेञ्जर्सलाई ३–० को फराकिलो अन्तरले हराउँदै पोखरासँगको भेट पक्का गरेको हो ।

आजको खेलको विजेताले उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ । धनगढी अघिल्लो संस्करणको उपविजेता टोली हो ।
काठमाडौं बाहिरिएसँगै एनएसएलले नयाँ च्याम्पियन पाउने भएको छ ।

उपाधि विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले २० लाख रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदियमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved