प्रधानमन्त्री कप महिला क्रिकेट

कोशीले गण्डकीलाई हरायो, एपीएफसँग कर्णाली पराजित

कर्णालीलाई पराजित गर्दै एपीएफ बन्यो प्लेअफ पुग्ने पहिलो टोली

नेपालभ्युज

कोशीले गण्डकीलाई हरायो, एपीएफसँग कर्णाली पराजित

काठमाडौं। प्रधानमन्त्री कप टी–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकीलाई पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशीले गण्डकीलाई ५५ रनले पराजित गरेको हो। १०४ रनको लक्ष्यमा पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमा अलआउट भयो ।

गण्डकीका लागि सुमन खतिवडाले अविजित २१ रन बनाए । ५ खेलाडी डगआउट भए भने ५ खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। कोशीका लागि रुबिना क्षेत्रीले ३, संगीता राई र अलिशा खडियाले २–२ तथा अप्सरी बेगमले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको कोशीले पूरै ओभर खेलेर ८ विकेट क्षतिमा १०३ रन बनायो। बिमला मलाहाले २५ र संगीता राईले अविजित २३ रन बनाए। गण्डकीका लागि कुसुम गोदार र रचना चौधरले २–२ विकेट लिए ।

५ खेलबाट ८ अंक प्राप्त गरेको कोशी दोस्रो स्थानमा छ भने ५ खेलबाट २ अंक जोडेको गण्डकी छैँटौँ स्थानमा छ।

यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा एपीएफले कर्णालीलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्यो।

१६१ रनको लक्ष्य पछ्याएको कर्णालीले  पूरै ओभर खेलेर ८ विकेट क्षतिमा मात्र ६८ रन बनायो। तृष्णा विश्वकर्माले १९ र गौरी बोहराले १२ रन बनाए। एपीएफका करुणा भण्डारीले ४, सुमन विष्टले २ तथा बिनु बुढा र सीता राना मगरले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेलेर २ विकेट क्षतिमा १६० रन बनाएको थियो । राजमती ऐरीले ६७ र ममिता चौधरीले ६२ रन बनाएपछि एपीएफले ठूलो स्कोर खडा गरेको थियो ।

लगातार ५ खेलमा जित हासिल गरेको एपीएफ १० अंकसहित शीर्ष स्थानमा छ। लगातार पाँच खेलमा पराजित भएको अंकविहीन कर्णाली पुछारमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved