प्रकाशमान उभिएको ठाउँमा म उभिनुपर्छ : विश्वप्रकाश शर्मा

नेपालभ्युज

प्रकाशमान उभिएको ठाउँमा म उभिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि केही बेरमा फेरि निर्वाचन हुँदै छ। सभापतिमा शेखर कोइराला र शेरबहादुर देउवाबीच मतदान हुनेछ।

यस्तोमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका विश्वप्रकाश शर्माले भने सिंह जता उभिन्छन् आफू त्यहीँ रहने धारणा राखेका छन्। मंगलबार बिहान एक ट्वीट गर्दै उनले यस्तो लेखेका हुन्। पहिलो चरणमा निकै कम मत ल्याएका नेता सिंहले दोस्रो चरणमा देउवालाई सभापतिमा समर्थन गरिसकेका छन्।

उनले लेखका छन् – सर्वसम्मति सर्वोत्तम l दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो l सहि निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।

महामन्त्रीमा उनीसँगै देउवा प्यानलबाट प्रदीप पौडेल र डाक्टर प्रकाशशरण महत छन् भने कोइराला प्यानलबाट गगन थापा मीनेन्द्र रिजाल प्रतिस्पर्धामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved