काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड-१९ र यसको नयाँ भेरियन्ट ‘जेएन.१’ तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । संगठनले दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको उल्लेख गरेको छ ।
त्यस्ता संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन पनि डब्लूएचओले आग्रह गरेको छ ।
डब्लूएचओका दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन्, ‘कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको ‘जेएन.१’ बाट जोखिम कम हुने आंकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ ।’
डब्लुएचओले प्राप्त गरेको तथ्यांकमा ‘जेएन.१’ फैलिने दर उच्च रहेको र विश्वव्यापी बढ्दो दरमा भएको उनले बताएका छन् ।
Facebook Comment
Comment