इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक ३७ हजार एक १३५ तोक्न माग

नेपालभ्युज

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक ३७ हजार एक १३५ तोक्न माग

ललितपुर। इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न नेपाल इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ । निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न आइतबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सरकारसँग माग गरेको हो ।

सराेकारवाला निकायहरूसँगकाे चरणबद्ध छलफल र अनलाइन सर्भेबाट प्राप्त सुझावका आधारमा न्यूनतम ३७,१३५ पारिश्रमिक हुनुपर्ने एसोसिएसनले जनाएको छ । न्यूनतम पारिश्रमिक तय नहुँदा शोषणमा परेका इन्जिनियरहरू विदेश पलायन हुन थालेको भन्दै एसोसियसनका अध्यक्ष हरि बहादुर दर्लामीले दक्ष जनशक्तिको पलायनलाई न्यूनीकरण गर्न पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने तर्क गरे ।

एसोसिएसनको माग पत्रमा निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । देशमा हाल करिब ८० हजार इञ्जिनियरहरू काममा छन् । जसमध्ये ७० प्रतिशतभन्दा बढी नीजि क्षेत्रमा कार्यरत रहेकाे एसाेसियसनले जनाएकाे छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved