काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि चारवटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मधेश प्रदेशले कोशी प्रदेशको सामना गर्दैछ । यो खेल त्रिवि मैदानमा बिहान साढे ९ बज हुनेछ ।
आजको खेलमा कोशी लगातार तेस्रो जित दर्ता गर्ने योजनामा छ । कोशीले यसअघि कर्णाली र बागमतीलाई हराइसकेको छ । मधेशले भने यसअघिका दुवै खेलमा हार ब्यहोरेको छ ।
आज बिहान साढे ९ बजे नै हुने अर्को खेलमा लुम्बिनी प्रदेशले प्रतियोगिताकै सबैभन्दा बलियो एपीएफ क्लबको सामना गर्दै छ । महिला क्रिकेटमा एपीएफ सबैभन्दा धेरै उपाधि जितिसकेको टोली पनि हो ।
एपीएफले यसअघि मधेश र सुदूरपश्चिम प्रदेशलाई पराजित गरिसकेको छ । यो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । दिउँसो सवा १ बजे हुने खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिमको सामना गर्नेछ ।
त्यसैगरी मुलपानी मैदानमा बागमतीले गण्डकीसँग आजै खेल्दै छ ।
Facebook Comment
Comment