हमासका २ सयभन्दा बढी इजरायलको नियन्त्रणमा

पछिल्लो आक्रमणमा २ सय १ प्यालेस्टेनीको ज्यान गयो

नेपालभ्युज

हमासका २ सयभन्दा बढी इजरायलको नियन्त्रणमा

काठमाडौं । इजरायलले हमास नियन्त्रित क्षेत्र गाजाबाट पछिल्लो साता हमासका २ सय बढी सदस्यहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकामध्ये केहिले भने इजरायली सेनासमक्ष आत्मसमर्पण गरेका हुन् ।

इजरायलले गाजामा रहेका सर्वसाधारणको भीडमा भेटिएका २ सय जनालाई सोधपुछका लागि भन्दै इजरायल लगेको हो । इजरायलले पक्राउ परेकाहरु आतंकबादी गतिविधि गरेको आरोप लगाएको छ । उनीहरु जिहादी समूहसँग मिलेर काम गर्नेहरु रहेको इजरायलको दाबी छ ।

इजरायलले अहिलेसम्म ७ सय बढीलाई नियन्त्रणमा लिएको छ । तिमध्ये कतिपयलाई भने सोधपुछका क्रममा छाडिएको बीबीसीले जनाएको छ । इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा २ सय १ जनाको ज्यान गएको छ भने ३ सय बढी घाइते भएको अलजजिराले जनाएको छ ।

हमासको आक्रमणमा परि पाँच इजरायली सेना पनि मारिएका छन् । गाजाको उत्तरी क्षेत्र पुर्ण रुपमा आफनो नियन्त्रणमा आएको इजरायलले दाबी गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved