मन्त्री फेरेर भए पनि परिणाममुखी काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपालभ्युज

मन्त्री फेरेर भए पनि परिणाममुखी काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू फेरेर भए पनि परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्री फेरेर भए पनि परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने बताए । उनले भने, ‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गरे । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved