काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि चारवटा खेल हुँदै छन् ।
बिहान साढे ९ बजे त्रिवि मैदानमा सुरु हुने खेलमा बागमतीले कोशी प्रदेशको सामना गर्नेछ । त्यसैगरी, सोही समयमा मूलपानी मैदानमा कर्णालीले गण्डकीको सामना गर्ने तालिका छ ।
हिजो सुरु भएको प्रतियोगितामा कोशी, बागमती, लुम्बिनी र एपीएफले जित दर्ता गरेका छन् । हिजो जित दर्ता गरेको बागमती आज कोशीलाई हराउने लक्ष्यमा हुनेछ । हिजो पराजित भएका कर्णाली र गण्डकीलाई आज जित दर्ता गर्ने अवसर हुनेछ ।
आजै दिउँसो सवा १ बजे त्रिवि मैदानमा मधेश प्रदेशले एपीएफको सामना गर्नेछ । एपीएफले हिजो सुदूरपश्चिमलाई हराएको थियो । मधेश पनि पहिलो खेल जित्ने प्रयासमा छ । दिउँसो साढे १ बजे नै हुने अर्को खेलमा लुम्बिनीले सुदूरपश्चिमको सामना गर्नेछ । यो खेल मूलपानी मैदानमा हुनेछ ।
प्रतियोगिताको फाइनल पुस १८ गते हुनेछ ।
Facebook Comment
Comment