प्रधानमन्त्री कप महिला क्रिकेट : बागमतीले दियो मधेसलाई ११८ रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेट : बागमतीले दियो मधेसलाई ११८ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेसलाई ११८ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा बागमतीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा ११७ रन बनाएको हो।

बागमतीको लागि यशोदा विष्टले अविजित ४७ रन र अश्मिना कर्मचार्य ३० रनमा अविजित रहिन्। यशोदा र अश्मिनाले पाँचौँ विकेटको लागि ५० रनको साझेदारी गरे।

मधेशको लागि भने पूजा महत्तोले २ र कविता गौतमले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved