काठमाडौं । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बससँग ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बाराको अमलेखगञ्ज नजिकै तीन नम्बर पुलमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीकाअनुसार बा ३–००१ ख २५८७ नम्बरको यात्रु बस र हेटौंडाबाट पथलैया गइरहेको ना ७ ख ७३०० नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा बस र ट्रक दुवैका चालकहरुसहित तीनजनाको मृत्यु भएको छ ।
दुर्घटनामा ट्रकका चालक तनहँु पिपलटारका पूर्ण गुरूङ र बस चालक हेटौंडा उपमहानगरपालिका–३ का हरि शम्शेर सुयालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा बसमा सवार करिव ३५ वर्षीय अर्का एक पुरूषको पनि निधन भएको जनाइएको छ ।
उक्त दुर्घटनामा बसका यात्रुहरु २० जना घाइते भएका छन् । घाइतेहरूको हेटौंडा अस्पताल र चितवनका अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।
Facebook Comment
Comment