एनएसएलमा काठमाडौं र वीरगंज भिड्दै

नेपालभ्युज

एनएसएलमा काठमाडौं र वीरगंज भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै छन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने छ ।

६ खेलबाट ९ अंक जोडेर तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौं प्लेअफको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने दबाबमा छ । अंक तालिकाको अन्तिम स्थानमा रहेको वीरगञ्ज भने सान्त्वना जितको खोजीमा मैदान उत्रने छ ।

जारी प्रतियोगितामा सात खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाइसकेको छ । यसअघि हिजोको खेलमा धनगढीलाई २–० गोलले पराजित गर्दै झापा एफसीले पनि प्लेअफको सम्भावना जीवितै राखेको छ । झापा ७ खेलबाट १० अंकसहित चौथो स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved