एजेन्सी । सामाजिक सञ्जाल तथा इन्टरनेटको समयमा धेरैजसो व्यक्तिले FOMO (Fear of Missing Out) को भावनालाई महसुस गरिरहेका हुन्छन् ।
कतिपय व्यक्तिले यो शब्दको बारेमा बुझेका पनि होलान् । तर, धेरैले यसबारेमा थाहा पाएका छैनन् । आउनुहोस् जानौं के हो फोमो (FOMO) ?
फोमो भनेको त्यस्तो भावना हो जहाँ व्यक्तिलाई महसुस हुन्छ कि आफूबाहेक अर्को व्यक्ति एकदमै रमाइलो गरिरहेको छ । लाग्न सक्छ, अर्को व्यक्तिले धेरै काम गरिरहेको छ र तपाईं भन्दा राम्रो जीवन बाँचिरहेको छ ।
यस्तो महसुस हुँदा जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ । जसले गर्दा मानिसमा आत्मविश्वासको कमी तथा इखालु भावनाले जन्म लिन थाल्छ । फोमोको कारणले मानिसमा कयौं अन्य गम्भीर समस्या पनि देखिन्छन् ।
अध्ययनहरुमा पाइएको छ कि फोमो नियन्त्रणका लागि काम गरिएन भने यसले एन्जाइटी तथा डिप्रेशन जस्ता समस्या पनि निम्ताउन सक्छ । यसबाट बच्नका लागि केही उपाय गर्न सकिन्छ ।
तपाईंसँग के छैन भन्ने कुरा भन्दा पनि के छ भन्ने कुरामा फोकस हुन जरुरी हुन्छ । एकपटक जब तपाईंले आफूसँग के छ भन्ने कुरामा फोकस गर्न थाल्नुहुन्छ तब सन्तुष्टी महसुस गर्नुहुनेछ । आफूसँग भएका चिजमा फोकस गर्न थालियो भने तपाईंभित्रको फोमो विस्तारै हराउन थाल्छ ।
फोमो कम गर्ने सबैभन्दा उत्तम उपाए आफ्नो फोन र सामाजिक संजालसँग केही दुरी बनाउनु पनि हो । सामाजिक संजालमा अरुका स्टाटस तथा तस्वीर देखेर हामीले आफूलाई आवश्यक नभएको चीज पनि जरुरी छ जस्तो महसुस गर्न थाल्छौं । तर, सामाजिक सञ्जालमा देखिएका चिज सबै साँचो रुपमा पनि त्यही नै हुन्छन् भन्ने हुँदैन ।
जब सामाजिक सञ्जालमा अरुको जीवन देख्न थाल्छौं, हामीले आफ्नो जीवनलाई त्यसरी नै तुलना गर्न थाल्छौं । त्यसैले यस्तो भावना कम गर्नका लागि सामाजिक सञ्जालबाट आफूलाई टाढा बनाउनुपर्ने हुन्छ ।
सामाजिक सञ्जालमा आफ्नो तस्वीर तथा भिडिओ शेयर गर्नुको अर्थ हो हामीले त्यो सम्झनालाई कैद गरेर राख्न चाहन्छौं । तर, सामाजिक संजालमा भएका विभिन्न मानिसका विभिन्न खालका कुराकानीले हामी खुशी हुनुको साटो दुःखी हुन थाल्छौं ।
यस्तोमा तपाईं आफ्ना सम्झनालाई साँचेर राख्न कुनै डायरी वा एल्बम बनाएर राख्न सक्नुहुन्छ । र, मनमा लागेका कुरा डायरीमा पनि लेख्न सक्नुहुन्छ । जब तपाईं यस्तो गर्नुहुनेछ आफूलाई खुशी महसुस गर्नुहुनेछ र फोमोको भावना पनि टाढा हुनेछ ।
Facebook Comment
Comment