इजरायलको हवाई आक्रमणमा २० प्यालेस्टिनीको मृत्यु

नेपालभ्युज

इजरायलको हवाई आक्रमणमा २० प्यालेस्टिनीको मृत्यु

काठमाडौं। इजरायलले जबलियामा गरेको हवाई आक्रमणमा करिब २० प्यालेस्टिनी मारिएका छन्।

गाजाको उत्तरी क्षेत्रमा भएको सो आक्रमणमा करिब १०० मानिस घाइते भएका छन्। शेहब परिवारमाथि लक्षित सो आक्रमणमा अन्य घर पनि क्षतिग्रस्त भएका छन्।

गाजामा भएका ३६ अस्पतालमध्ये ११ ले सेवा प्रदान गरिरहेको विश्व स्वास्थ्य संगठन (डल्बूएचओ) ले जनाएको छ। इजरायली सेनाले गाजाको खान यूनिस र  डेर अल–बलाहमा पनि हमला गरेका थिए।

रफाहको जिनेना जिल्लामा २ जना मारिएका थिए। प्यालेस्टाइनको वेस्ट बैंकस्थित तुलकरेममा भएको नुरशाम शरणार्थी शिविर लक्षित हवाई आक्रमणमा ५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।

इजरायली सेनाले प्यालेस्टिनी लडाकू भएको स्थानमा हवाई आक्रमण गरेको जनाएको छ। सो आक्रमणपश्चात इजरायेली एम्बुलेन्सलाई पनि शिविरमा प्रवेश गर्न नदिएको र एक पारामेडिकलाई पक्राउ गरेको अलजजिराले उल्लेख गरेको छ। सोलगत्तै सेनाले स्थलगत आक्रमण पनि गरेको थियो।

गाजामा भएको भिड्न्तमा २ सैनिक मारिएको इजरायली सेनाले आफ्नो जनाएको छ। यससँगै स्थलगत आक्रमणमा मृत्यु हुने इजरायली सैनिकको संख्या १२१ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved