काठमाडौं । आउदो ७ गतेदेखि नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ बन्द हुने भएको छ । पुल निर्माणका लागि पहाड काट्नु पर्ने भएकाले तीन साताका लागि दैनिक विहान ११ देखि तीन बजेसम्म यातायात बन्द गर्नु परेको सडक विभागले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो ।
तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि विस्फोट गराएर मात्रै पहाड काट्नु पर्ने भएको यातायात बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
तुइन खोलामाथिको पहाडमा अनुमान गरेभन्दा कडा चट्टान भेटिएपछि विस्फोट मात्रै विकल्प रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताए ।
यो सडक खण्डमा नयाँ १९ वटा पुल बन्ने योजना भए पनि हालसम्म ९ वटा पुलमात्र सञ्चालनमा आएका छन् । ८ वटा पुल आगामी दुई महिनाभित्र सञ्चालन गर्ने तयारी छ ।
नारायणगढ मुग्लिन सडकखण्ड विस्तार भइसकेको तर पुलहरु साना र जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेपछि धमाधम नयाँ पुल बनाउन थालिएको हो ।
Facebook Comment
Comment