प्रकृतिको विनाशले संकटमा पर्दै मानव सभ्यता (तस्वीरहरू)

हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण गर्न मानिसले बिर्सिसके । तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ ।

नेपालभ्युज

प्रकृतिको विनाशले संकटमा पर्दै मानव सभ्यता (तस्वीरहरू)

काठमाडौं। प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो। त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो।

हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण गर्न मानिसले बिर्सिसके। तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन। समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ। त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन्। समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो । तर प्रकृतिको दोहन बिस्तारै बढिरहेको छ।

उन्नति, सुविधा, प्रतिष्ठा र विश्वमा हैकम जमाउने लोभमा प्रकृति कुपित पार्ने क्रम बढ्दै जाँदा आज मानव सभ्यता सङ्कटमा पर्न थालेको छ। पृथ्वीलाई जोगाउन र यसका सबै संरचनालाई अनुकुल वातावरण दिन भनेर अनेक प्रतिबद्धता भएका छन्। ‘क्योटो सम्मेलन’ देखि पेरिस सम्झौतासम्म आइपुग्दा जलवायु परिवर्तन कम गर्न केही न केही त भएकै छन् तर त्यो पर्याप्त छैन।

जबसम्म मानिस प्रकृतिसँग निकट रहेर प्रकृति संरक्षण गर्दै आफ्नो जीवन निर्वाह गर्दथे, तबसम्म प्रकृति कुपित भएको थिएन। आजभोलि प्रकृति कुपित छ–बेसमयमा बाढी पहिरोको चपेटामा मानव समुदाय परिरहेको छ। विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले तयार पारेको प्रकृति दोहनसम्बन्धी यी तस्वीरहरु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved