मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस, जनजीवन अस्तव्यस्त

नेपालभ्युज

मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस, जनजीवन अस्तव्यस्त
फाइल तस्विर

काठमाडौं। चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ ।

मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो ।

बिहीबारदेखि पश्चिमी मङ्गोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ ।

देशका अन्य भागमा पनि माइनस २१ डिग्री सेल्सियसभन्दा बढी चिसो रहेको मंगोलियन मौसम विभागले जनाएको छ । आगामी केही दिन अझै देशभर हिउँ पर्ने क्रम जारी रहने अनुमान गरिएको छ ।

मौसम विभागले सम्भावित प्रकोपहरूबाट थप सावधानी अपनाउन आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved