हमासले बन्धक बनाएका दुई इजरायली सैनिक गाजामा मृत फेला

नेपालभ्युज

हमासले बन्धक बनाएका दुई इजरायली सैनिक गाजामा मृत फेला

काठमाडौं। हमासले बन्धक बनाएका आफ्ना दुई सैनिकको शव फेला परेको इजरायली सुरक्षा बल आइडिएफले जनाएको छ ।

७ अक्टोबरमा प्यालेस्टिनी अतिवादी समूह हमासले आक्रमणपश्चात उनीहरुलाई बन्धक बनाएर गाजामा लगेको थियो । इरेज क्रसिङस्थित आइडिएफ बेसमा कार्यरत हुँदा १९ वर्षीय निक बेइजर र गाजा पुलिस मुख्यालयमा कार्यरत १९ वर्षीय समन्वय र सम्पर्क अधिकारीको रुपमा रहेका रोन शेरम्यानलाई हमासले बन्धक बनाएका थिए।

दक्षिणी गाजामा उनीहरु मृत अवस्थामा फेला परेको इजरायली सेनाले जनाएको छ । ७ अक्टोबरमा भएको आक्रमणमा हमासले २४० जनालाई बन्धक बनाएर गाजा लगेको अनुमान गरिएको छ ।

६ दिनको युद्ध विरामका बेला १०५ बन्धकलाई रिहा गरिएको थियो। १०० भन्दा धेरै हमासको नियन्त्रणमा रहेको र १९ जना मरिसकेको इजरायलले विश्वास गरेको बीबीसीले जनाएको छ ।

हमासले बन्धक बनाएकामा नेपालका विपिन जोशी समेत छन् । उनको अवस्थाबारे केही थाहा हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved