काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारसँगै संसद पनि सफलतापूर्वक सञ्चालनमा आउन नसकेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले सरकार र संसद दुवै सफलतापूर्वक सञ्चालनमा आउन नसकेकाले पार्टीको महासमितिको बैठकमा यसबारे छलफल गर्नुपर्ने बताएका हुन् ।
उनले महासमितिको बैठकमा नेपाली जनतामा देखिएका असन्तुष्टिबारे छलफल हुन आवश्यक रहेकोमा जोड दिए । भ्रष्टाचारबिरोधी अभियान सशक्त
‘नेपाली जनतामा देखिएका असन्तुष्टिले विस्तारै विद्रोहको स्वरुप धारण गर्ने जो अवस्था देखिएको छ, त्यसलाई अब आउने महासमिति बैठकमा त्यसलाई सम्बोधन गर्नेगरी उठाउनुपर्छ’, उनले भने, ‘खासगरी भ्रष्टाचारविरोधी अभियान सशक्त रुपले अघि बढाउनुपर्छ ।’
नेता केसीले पार्टी नेतृत्व संकीर्ण घेराबाट परिचालित हुने प्रवृत्ति देखिएको गुनासो पनि गरे ।
Facebook Comment
Comment