विद्यार्थीमा कथित ‘झाँक्री चढेपछि’ सिन्धुपाल्चोकमा विद्यालय बन्द

नेपालभ्युज

विद्यार्थीमा कथित ‘झाँक्री चढेपछि’ सिन्धुपाल्चोकमा विद्यालय बन्द

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङमा रहेको एक विद्यालयका विद्यार्थीलाई कथित झाँक्री चढ्न थालेपछि बन्द गरिएको छ । भोटेनाम्लाङ मा.वि दुई दिनका लागि बन्द गरिएको हो ।

एकपछि अर्को गर्दै अधिकांश विद्यार्थीहरु काँप्ने र हा हा हुँ हुँ गर्न थालेपछि निकै समस्या भएको प्रधानाध्यापक गोपीकृष्ण पराजुलीले बताए । स्थानीय जनविश्वास अनुसार यसरी काँप्ने र बर्बराउनुलाई झाँक्री चढेको भनिन्छ ।

‘समस्या समाधान हुनुभन्दा झन् बढेपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आयो,’ प्रधानाध्यापक पराजुलीले भने, ‘यसो हुँदा विद्यार्थी दौड्न सक्ने, चोटपटक लाग्न सक्ने सम्भावना भएकाले अध्यापन दुई दिनलाई रोकेका हौं ।’

विद्यार्थीमा शारीरिक तथा मानसिक समस्या देखिन थालेपछि बिहीबार र शुक्रबारका लागि विद्यालय बन्द गरिएको सूचनामा उल्लेख छ ।

उनले  विद्यार्थीको नियमित स्वास्थ्य अवस्था बारे जानकारी लिई आगामी पुस १ गतेबाट नियमित पठनपाठन हुने जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved