काठमाडौं महानगरको प्रशंसा गर्दै प्रचण्डले भने- स्थानीय तहलाई अझै मजबुत बनाउनुपर्छ

नेपालभ्युज

काठमाडौं महानगरको प्रशंसा गर्दै प्रचण्डले भने- स्थानीय तहलाई अझै मजबुत बनाउनुपर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।

२९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप थप प्रभावकारी बनाउने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको भनाइ थियो । उनले संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय काठमाडौं महानगरपालिकाले गरेका प्रगतिशील कामहरु आफूले गम्भीरतापूर्वक हेरिरहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved