काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज पश्चिम नवलपरासी जादै छन् । गौतमबुद्धको अस्तुधातु रहेको ऐतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल नवलपरासी जान लागेका हुन् ।
प्रधानमन्त्री बिहान साढे ९ बजे स्तुप क्षेत्रमा आउने कार्यक्रम रहेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिए । प्रधानमन्त्रीले रामग्राम स्तुपमा आई विश्व शान्तिको कामनासहित दिप प्रज्वलन र स्तुप क्षेत्रको पुर्नस्थापना, संरक्षण तथा विकासका लागि दुरदर्शी परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम छ ।
लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
प्रधानमन्त्री प्रचण्डसहित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत विभिन्न देशका राजदूत पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
Facebook Comment
Comment