फाटेको दुधलाई यसरी प्रयोग गर्नुहोस्

नेपालभ्युज

फाटेको दुधलाई यसरी प्रयोग गर्नुहोस्

एजेन्सी । दुधलाई राम्रोसँग स्टोर नगर्दा फाट्ने समस्या हुन्छ । यस्तो फाटेको दुधलाई धेरैले फाल्ने गर्छन् । तर, के तपाईंलाई थाहा छ यो फाटेको दुध पनि प्रयोग गर्न सकिन्छ । आउनुहोस् जानौं–

फाटेको दुधको पानीमा पनि प्रोटिन र ल्याक्टिक एसिड पाइन्छ । यसको सेवनले मांसपेशीलाई बलियो बनाउँछ । साथमा यो छाला र कपालका लागि पनि राम्रो हुन्छ ।

पिठो मुछ्नका लागि हामी प्रायः पानीको नै प्रयोग गर्छौं । यसको ठाउँमा तपाईं फाटेको दुधलाई पिठो मुछ्न पनि प्रयोग गर्न सक्नुहुन्छ । यसले रोटी एकदमै मुलायम बन्छन् र स्वाद पनि बढ्छ।

दुध फाट्यो भने त्यसको पानी अलग गर्नुहोस् । यो पानी तरकारीको ग्रेबी बनाउन प्रयोग गर्न पनि सकिन्छ । यसले तरकारीको स्वाद बढाउनुका साथै गाढापन बनाउँछ ।

फाटेको दुधको पानीमा तपाईं चामललाई पकाउन पनि सक्नुहुन्छ । यसरी पाकेको भात मिठो हुन्छ । यसबाहेक तपाईं चाउमिन वा पास्ता उमाल्नका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यो पानीलाई सुपका रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसमा पाइने प्रोटिनले सुपको स्वादसँगै पौष्टिकता पनि बढाउँछ ।

दुध फाटेपछि बनेको पानीलाई तपाईं चिसो बनाएर अनुहारमा लगाउन सक्नुहुन्छ । यसले छाला मुलायम हुनेछ र चमक पनि ल्याउँछ । यो पानीमा भएको माइक्रोबियल गुणले छाला राम्रो बनाउँछ ।

त्यस्तै फाटेको दुधको पानी कपालमा लगाउँदा कन्डीशनरको काम पनि गर्छ । यसका लागि दुध फाटेको पानी चिसो बनाएर कपालमा लगाउनुहोस् र आधा घण्टापछि स्याम्पुले धुनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved