शेखरले बोलाए आफ्नो पक्षको बैठक, राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे छलफल हुने

नेपालभ्युज

शेखरले बोलाए आफ्नो पक्षको बैठक, राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको बैठक बोलाएका छन् । उनले पुस २६ गतेका लागि बैठक बोलाएका हुन् ।

बैठक राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनका विषयमा केन्द्रित हुने जनाइएको छ ।

कोइरालाले आफ्नो पक्षबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाको सांसदहरूलाई बैठकमा बोलाएका छन् ।

शेखर पक्षले कोशी पक्षमा गरेको विद्रोहपछि नेपाली कांग्रेसमा नयाँ समीकरण निर्माण भएको शंका गरिएको छ । जसमा महामन्त्री गगन थापा नेता कोइरालासँग रिसाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved