फुङ्लिङमा आगलागी

नेपालभ्युज

फुङ्लिङमा आगलागी
फाइल तस्वीर ।

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आगलागी भएको छ ।

शनिवार बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ । सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका ५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए ।

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved