अखिलको ज्ञापनपत्र बुझ्दै सभामुखले भने- एनसेलको बिक्री रहस्यमयी छ, अनुसन्धान गर्नैपर्छ

नेपालभ्युज

अखिलको ज्ञापनपत्र बुझ्दै सभामुखले भने- एनसेलको बिक्री रहस्यमयी छ, अनुसन्धान गर्नैपर्छ

काठमाडौं । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन् ।

बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने बताएका हुन् ।

एनसेल खरिदबिक्री प्रकरणमा संसद जिम्मेवार ढंगमा प्रस्तुत भइरहेको उनको भनाइ छ । संसद बन्द भए पनि संसदीय समितिहरुले यस विषयमा गम्भीरतापूर्वक काम गरिरहेको उनले बताए ।

अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्य तथ्य छानबिन गर्न आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved