संकल्प यात्रामा रहेको एमाले टोली आज रुकुमकोट पुग्दै

नेपालभ्युज

संकल्प यात्रामा रहेको एमाले टोली आज रुकुमकोट पुग्दै

काठमाडौं । नेकपा एमालेको टोली आज सुर्खेतबाट रुकुमकोट पुग्दै छ । समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली रुकुम पुग्ने भएको हो ।

सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्न यात्रा टोलीले करिब २ सय किलोमिटर दुरी पार गर्नुपर्नेछ ।

यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गर्ने, सल्लीबजार, छेडे बजार, सेरी गाउँ, मुसिकोट लगायतका ठाउँमा स्थानीय नेता कार्यकर्ता र शुभेच्छुसँग छलफल गर्ने छन् ।

भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा गरिने पुननिर्माणका विषयमा पनि छलफल गरिने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved