काँठ क्षेत्रको परिवर्तित जीवनशैली (फोटोफिचर)

काँठको रहनसहन केही शहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो ।

नेपालभ्युज

काँठ क्षेत्रको परिवर्तित जीवनशैली (फोटोफिचर)

काठमाडौं । शहरबजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ । काँठको रहनसहन केही शहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो । सामान्य बोलिचालीको भाषामा काँठ भनेको शहर पनि होइन र गाउँ पनि।

काठमाडौं उपत्यकाकोे चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ । यसो हेर्दा शहरिया जनजीवनजस्तो तर ग्रामीण जनजीवनजस्तो पनि देखिने काँठको जनजीवन सदियौंदेखि आफ्नै प्रकारले चल्दै आएको छ । हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो । काँठको जनजीवनमा आत्मियता, आफ्नोपन र आदर्श समाज थियो । काठमाडौं उपत्यकाको चक्रपथ भित्रको स्थानलाई काँठका मानिसहरु शहर भन्ने गर्दथे ।

आफ्नो घरबाट काठमाडौंको चक्रपथभित्र जानुपरेमा काँठका मानिसहरु शहर जाने भन्ने सम्बोधन गर्दथे । काँठका मानिसहरु उच्चशिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सवालमा शहरप्रति निर्भर थिए । काँठका आफ्नै मूल्य, मान्यता र परम्पराका कारण जीवनशैली जीवन्त थियो । तर अहिले बिस्तारै काँठ क्षेत्र काँठको रुपमा रहन सकिरहेको छैन ।

यो कायापलट भएको केही समय मात्र भयो । काँठ अब काँठजस्तो रहेन । समयको आरोहअवरोहबाट काँठ अछुतो रहन सकेन । समयका कारण काँठलाई पनि सकारात्मक परिवर्तन र नकारात्मक परिवर्तमा समाहित हुन बाध्य बनायो । करिब एक दशकको अवधिमा काँठमा ठूलो परिवर्तन आएको छ । काठँको हरियाली लगभग सकिएको छ ।

काँठको जग्गा खरिद–बिक्री यसरी बढेको छ कि, जग्गा होइन त्यहाँ कुनै अमूल्य चिजको खरिद–बिक्री भइरहेको छ । आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको यत्रतत्र देख्न सकिन्छ । वातावरणीय दृष्टिकोणबाट समेत काँठ प्रदूषित बनेको छ ।

तस्वीरहरू : न्युज एजेन्सी नेपाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved