एजेन्सी । प्रायः तपाईंले देख्नुभएको वा सुन्नुभएको होला कट्टर हिन्दुहरुको घरमा लसुन प्याज खाइँदैन । यहाँसम्म कि यी दुवै चीजलाई भगवानलाई भोग दिन समेत नहुने मान्यता छ ।
यसको पछाडि रहेको धार्मिक कारण भने धेरैलाई थाहा छैन । आउनुहोस् यसबारे शास्त्रमा के उल्लेख छ ? जानौं ।
शास्त्रहरुका अनुसार भोजन तीन प्रकारका हुन्छन् । पहिलो सात्विक, दोस्रो राजसिक र तेस्रो तामसिक भोजन हुन्छ । तामसिक भोजन गर्नाले मनमा अहंकार, क्रोध, विनाश जस्ता कयौं गुण उत्पन्न हुन थाल्छन् भन्ने मान्यता छ ।
लसुन र प्याजलाई पनि तामसिक भोजनको श्रेणीमा राखिएको छ । मान्यताअनुसार यी दुवैले उत्तेजना तथा अज्ञानतालाई बढावा दिन्छन् ।
प्याज र लसुनको सेवनले अध्यात्मको बाटोमा जान बाधा आउने तथा यी खानाले शरीरमा गर्मी बढेर मनमा कयौं प्रकारका विकार उत्पन्न हुने ग्रन्थहरुमा उल्लेख छ ।
प्याज र लसुन खानाले व्यक्तिले आफूलाई एकाग्र गर्न नसकेर पुजापाठ गर्नबाट पनि टाढा भाग्छ भनिएको छ । जसले गर्दा यसलाई खान नहुने श्रेणीमा राखिएको छ ।
शास्त्रले यसो भने पनि प्राकृतिक चिकित्सा पद्धतीमा भने लसुन र प्याजलाई औषधि मानिएको छ । यीनले थुप्रै रोगमा फाइदा पुग्ने बताइएको छ ।
Facebook Comment
Comment