टी-२० सिरिज: भारतमाथि अस्ट्रेलिया ५ विकेटले विजयी

नेपालभ्युज

टी-२० सिरिज: भारतमाथि अस्ट्रेलिया ५ विकेटले विजयी

काठमाडौं । जारी टी -२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।

भारतले दिएको २२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । अस्ट्रेलियालाई जिताउने क्रममा ग्लेन म्याक्सवेलले ४८ बलमा अविजित १०४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंङ गरेको भारतले रुतुराज गायकवाडको ५७ बलमा १२३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २२२ रन बनाएको थियो ।

५ खेलको यस सिरिजमा अस्ट्रेलियाले लगातार २ खेलको हारपछि कमब्याक गरेको छ । अस्ट्रेलियाको यो जितपछि सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।

अब सिरिजको चौथो खेल शुक्रबार हुने तालिका रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved