काठमाडौं । लुम्बिनी चिनी मिलविरुद्ध स्थानीय आन्दोलित भएका छन् । प्रदूषण न्यूनीकरणको माग गर्दै उनी आन्दोलित भएका हुन् ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले जनस्वास्थ्यमा प्रतिकुल असर परेको स्थानीयको भनाइ छ ।
सुनवलका स्थानीय जनताले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी दिएका हुन् । २०४६ सालमा तत्कालीन श्री ५ को सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको हो ।
चिनी मिल सञ्चालकले मिलको प्रदूषण न्युनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुँवा, खरानीले बजार प्रदुषित बनेको उनीहरुको भनाइ छ । डिष्टिलरीबाट निस्किने दुषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पारिरहेको संघर्ष समितिका उपसंयोजक टेकप्रसाद न्यौपानेले बताए ।
Facebook Comment
Comment