काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाविसिनले हमासले बन्दी बनाएका १२ जना थाई नागरिक रिहा भएको बताएका छन् ।
प्रधानमन्त्री थाविसिनले सामाजिक संजाल एक्समा एक पोष्ट शेयर गर्दै यस्तो जानकारी दिएका हुन् ।
‘यो सुरक्षा पक्ष र परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ कि १२ थाई बन्धकहरू रिहा भइसकेका छन्,’ थाविसिनले एक्समा शेयर गरेका छन्। थाइल्याण्डकै बन्धकहरुको समूहमा नेपालका विपिन जोशी पनि रहेको खबर आएको थियो । तर नेपालका जोशी रिहा भए नभएकोबारेमा केही सूचना नआएको बताइएको छ ।
इजरायल र हमासबीच शुक्रबारदेखि ४ दिनका लागि कतारको मध्यस्थतामा युद्धविराम सम्झौता भएको छ ।
सम्झौता अन्तर्गत, इजरायली जेलमा रहेका ३९ प्यालेस्टिनी बन्दी र गाजामा रहेका १३ इजरायली बन्दीहरूलाई पनि रिहा गर्ने तयारी रहेको छ ।
यस्तै हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धकहरु पनि रेडक्रसलाई हस्तान्तरण गरेको बीबीसीले जनाएको छ ।
Facebook Comment
Comment