मण्डलामा एकदिने युद्धका घाउहरू (तस्वीरहरू)

मण्डलामा एकदिने युद्धका घाउहरू (तस्वीरहरू)

काठमाडौं। नयाँ बानेश्वर, थापागाउँमा अवस्थित नाटकघर मण्डला थिएटरमा १० बर्षे सशस्त्र द्वन्द्वको घटना-परिघटनामा आधारित नाटक ‘युद्धका घाउहरू २.०’ एकदिने मञ्चन भएको छ।

२०६३ मङ्सिर ५ गते एक दशक लामो सशस्त्र द्वन्द्वको अवतरण गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिनको भोलिपल्ट अर्थात् मङ्सिर ६ गते यो नाटक एक दिन, एक शो मञ्चन गरिएको हो।

यो नाटकलाई सामाजिक रूपान्तरण तथा शान्ति निर्माणका लागि रङ्गमञ्च शीर्षकमा सञ्चालित मण्डला ड्रामा स्कुलबाट दीक्षित पहिलो ब्याचका विद्यार्थीहरूले तयार पारेका छन्।

२४ जुलाई, २०२३ मा एकाडेमिक थेस्पियन्स् थिएटर फेस्टिभल कोलम्बोमा समेत यो नाटक मञ्चन गरिएको थियो।

अन्जान प्रदीपको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा आदित्य मिश्रा, अकाश नेपाली, अनिल कुर्मी, निरज बाबु, सञ्जय विश्वकर्मा, सरिता कठायत, सुमित्रा पेहिम र सुस्मिता पोखरेलको अभिनय रहेको छ।

गत साउन १६ गतेदेखि २१ गतेसम्म यो नाटकको मण्डला थिएटरमा नियमित मञ्चन समेत भएको थियो।

तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved