एजेन्सी । मंसिर लागेसँगै विवाह लगन पनि सुरु भइसकेको छ । यस्तोमा तपाईंले पनि आफ्नो अनुहारमा चमक ल्याउनका लागि बजारका विभिन्न सामग्री प्रयोग गर्नुपर्दैन ।
केही आनीबानीमा परिवर्तन र केही घरमै भएका सामग्रीको प्रयोगले अनुहारमा चमक ल्याउन सकिन्छ ।
मेडिटेशन गर्ने
दैनिक कम्तीमा १० मिनेट जति मेडिटेशन गर्नुहोस् । यसले दिमागका नसा शान्त हुन्छन् र तनाव कम हुन्छ । जसले गर्दा तपाईंलाई सधैं ताजगी महसुस हुनेछ ।
निद्रा
अनुहारमा निखार ल्याउनका लागि तपाईंले कम्तीमा ७ देखि ८ घण्टाको निद्रा लिनु पर्दछ । कम निद्रा लिँदा तपाईंको आँखाको तल कालो घेरा आउने समस्या हुन सक्छ ।
बाफ लिने
अनुहारका पोर्स बन्द हुने गर्दा विविरा तथा डन्डीफोर आउने समस्या हुन्छ । यसबाट बच्न हप्तामा दुईपटक बाफ लिनुहोस् । यसले छालाको फोहोर पनि सफा हुन्छ ।
हरियो तरकारी
स्वस्थ छालाका लागि हरियो तरकारी, साग तथा जुसको सेवन गर्नुपर्दछ । यसले छालामा निखार तथा चमक ल्याउनुका साथै तौल कम गर्न पनि सहयोगी हुन्छ ।
मालिस गर्ने
चमक ल्याउन अनुहारको मालिस गर्नुपर्दछ । यसले अनुहारको बोसो पनि कम हुनुका साथै रक्तसञ्चार पनि राम्रो हुन्छ । जसले गर्दा चमक आउँछ ।
पानी पिउने
पर्याप्त मात्रामा पानी पिउनु पर्दछ । यसले छालामा मोइस्चर भइरहन्छ । जसले गर्दा अनुहारमा चमक तथा प्राकृतिक चिल्लोपन रहिरहन्छ ।
Facebook Comment
Comment