काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन्।
कांग्रेसको १४औँ महाधिवेशनअघि आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताए। “अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उनले भने। सभापति शेरबहादुर देउवाइतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन नेताबाट साझा उम्मेदवार तय गरिने बताए।
यसभन्दा पहिले केन्द्रीय सदस्य भइसकेकाले अब महामन्त्री पदमा उम्मेदवारी दिने सोच रहेको उनले उल्लेख गरे। “सभापतिको उम्मेदवारी नै तय भएको छैन, म कहाँ उठ्ने सिट खोजिरहेको छु”, उनले भने। आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने मन्त्री रिजालले बताए।
Facebook Comment
Comment