छठको धुनलाई कलरट्यून नबनाएको भन्दै वीरगञ्जका युवाहरूले तोडे एनसेलको सिम

नेपालभ्युज

छठको धुनलाई कलरट्यून नबनाएको भन्दै वीरगञ्जका युवाहरूले तोडे एनसेलको सिम

जनकपुरधाम । छठ पर्वको धुन अर्थात् गीत मोबाइलको कलर ट्यूनमा नराखेको भन्दै वीरगञ्जका युवाहरूले एनसेलको सिमकार्ड तोडेर फालेका छन् ।

मोबाइलबाट एनसेलको सिमकार्ड झिकेर तोडेको र त्यसपछि फालेको भिडियो वीरगञ्जका राज पासवानले सामाजिक सञ्जालमा राखेका हुन् । उक्त भिडियो धेरैले शेयर गरेर ‘एनसेल’लाई मधेश विरोधीको संज्ञा दिएका छन् ।

नेपाल टेलिकमले छठको धुन कलर ट्यूनमा राखेको छ । तर नीजि कम्पनी एनसेलले छठको धुनलाई कलर ट्यून बनाएकाे छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved