वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम जारी, कुन बैंकको कति ? 

मङ्सिर महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंक एनआईसी एशिया रहेको छ ।

नेपालभ्युज

वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम जारी, कुन बैंकको कति ? 

काठमाडौं । वाणिज्य बैंकहरुले भोलि मङ्सिर १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर प्रकाशित गरेका छन् ।

१३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका हुन् । त्यस्तै, ६ वटा बैंकले ब्याजदरलाई स्थिर राखेका छन् भने एउटा बैंकले मङ्सिर महिनाका लागि आफ्नो ब्याजदर बढाएको छ ।

कुन–कुन बैंकले घटाए ब्याजदर ?

मङ्सिर महिनाका लागि बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार १३ वटाले आफ्नो ब्याजदर घटाएका छन् । जसमा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक एनआईसी एशिया रहेको छ । एनआईसी एशियाले २.०३५ प्रतिशतले ब्याजदर घटाएको छ । मङ्सिरका लागि बैंकले व्यक्तिगत तर्फ ८.९६८ प्रतिशत र संस्थागत तर्फ ६.९६८ प्रतिशत ब्याज दिने भएको हो ।

यस्तै, एनएमबि बैंकले व्यक्तिगत तर्फ ९.७६ प्रतिशत  र संस्थागत तर्फ ७.७६ प्रतिशत ब्याजदर कायम गरेको छ । कात्तिकको तुलनामा बैंकले ब्याजदर १.२४३ प्रतिशतले घटाएको हो ।

मङ्सिरका लागि एभरेष्ट बैंक, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंकले  व्यक्तिगत तर्फ ९ प्रतिशत  र संस्थागत तर्फ ७  प्रतिशत ब्याजदर तोकेका छन् । यी बैंकहरूले ब्याजदर पनि गत कात्तिकको तुलनामा ०.२२४ प्रतिशतले घटेको हो ।

त्यसै गरी हिमालयन बैंक र नेपाल एसबिआईले मङ्सिरका महिनाका लागि व्यक्तिगत निक्षेप तर्फ १०.६३ प्रतिशत  र संस्थागत तर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएका हुन् ।

यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले मङ्सिर महिनामा व्यक्तिगत निक्षेप तर्फ ८.९७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ९.१ प्रतिशत र संस्थागत तर्फ ७.१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले व्यक्तिगत तर्फ ९.५१ प्रतिशत र संस्थागत तर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगत तर्फ ९.५१२ प्रतिशत र संस्थागत तर्फ ७.५१२ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगत तर्फ ९.६ प्रतिशत र संस्थागत तर्फ ७.६ प्रतिशत ब्याज दिने भएका छन् ।

ब्याजदर स्थिर राख्ने बैंक 

मङ्सिर महिनाका लागि ६ वटा वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । जसमा नेपाल बैंक, सिटिजन बैंक, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिने भएका हुन् ।

मङ्सिरमा नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ९.२२४ प्रतिशत र संस्थागत तर्फ ७.२२४ प्रतिशत, सिटिजनले व्यक्तिगत तर्फ ९.९५ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत, सिद्धार्थले व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९, लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत, कुमारीले व्यक्तिगत तर्फ १०.०१ प्रतिशत र संस्थागत तर्फ ८.०१ प्रतिशत र प्राइमले व्यक्तिगत तर्फ १०.२५ प्रतिशत र संस्थागत तर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यसै गरी मङ्सिर महिनाका लागि माछापुच्छ्रे बैंकले भने आफ्नो ब्याजदर केही वृद्धि गरेको छ । कात्तिकमा माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेप तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो । तर, मङ्सिरका लागि लागि भने बैंकले व्यक्तिगततर्फ १०.६० प्रतिशत र संस्थागत तर्फ ८.६०३ प्रतिशत कायम गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved