मुगुमा एकै परिवारका चार जनाको हत्या अभियोगमा दुईजना पक्राउ, सुन लुट्न हत्या गरेको स्वीकार

मुगुमा एकै परिवारका चार जनाको हत्या अभियोगमा दुईजना पक्राउ, सुन लुट्न हत्या गरेको स्वीकार

सुर्खेत । मुगुमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घटना भएको दुई सातापछि मुगुको पिना गाउँपालिका–७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई गरेको हो । प्रहरीका अनुसार उनीहरुले अभियोग स्वीकारेका छन् ।

कात्तिक १० गते मुगुको छायाँनाथ रारा गाउँपालिका–६ मुन्दुगाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा रहरको शव हत्या गरेको अवस्थामा भेटिएको थियो ।

उनीहरुले धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।

हत्यापछि शाही र बोहोराले गहना तथा नगद लुटेको प्रहरीले जनाएको छ ।

कोहलपुर बस्दै आएका शाहीले गाउँमै गएर सो योजना बनाएको र कात्तिक ५ गते सुर्खेतबाट मुगुमा गएका शाहीले गोपाल बोहोराको गोठमा लुकेर बसेको बताएको प्रहरीको भनाइ छ ।

हत्यापछि उनीहरूले साढे दुई तोलाको सुनको रिङ, २५ ग्रामको तिलहरी, चेक, लालपुर्जा र करिब ५–६ हजार नगद लुटेको प्रहरीले जनाएको छ ।

मृतक बोहोराले धेरै सुनचाँदी लगाएको देखेकाले उनीहरुले हत्या योजना जेठमा बनाएको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved